गोरखा, ५ मङ्सिर : गोरखा क्षेत्र नम्बर २ को मतगणना आज ११ बजेपछि सुरु हुने भएको छ । मतगणनाका लागि सवै मतदान केन्द्रहरुबाट मतपेटिका ल्याई सकिएकाले सर्वदलिय बैठक बसेर सहमती गरी मतगणना सुरु गर्ने निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
गोरखा नगरपालिका वडा नम्बर ९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन इकाईको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने उहाँले बताउनुभयो । निर्वाचन अधिकृत कोइरालाका अनुसार मतगणनाका लागि बिहान १० बजे सर्वदलिय बैठक बोलाइएको छ ।
क्षेत्र नम्बर २ मा करिब ५१ प्रतिसत मत खसेको अनुमान गरिएको निर्वाचन अधिकृत भट्टराईको भनाई छ । ‘कति प्रतिसत खस्यो भन्ने ठ्याक्कै एकिन हुन अझै बाँकी छ, उहाँले भन्नुभयो, करिब ५१ प्रतिसत मत खसेको अनुमान गरिएको छ ।’