काठमाडौं ४ मंसिर। गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ ।आइतबार दिउँसो काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उहाँले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी दिनुभोयो ।
उहाँले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सञ्चालन गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुरु भइसकेको पनि बताउनुभयो ।
गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताउनुभयो।मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि उहाँले जानकारी दिनुभयो ।
‘हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौं । ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटिका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ’उहाँले भन्नुभयो ।
सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरुको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरुको स्थलगत अवलोकन गरेको छ ।