काठमाडौं, २ मंसिर । नेपालले युएईविरूद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको निर्णायक तथा तेस्रो एकदिवसीय खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज २—१ ले जितेको हो।
यसअघि नेपालले पहिलो खेल ८४ रनले गुमाउँदा दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो।
युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक रन जोड्नुभयो। उहाँले नटआउट ८८ रन जोड्नुभयो । उहाँले ११९ बल खेल्दै १२ चौका योगदान गर्नुभयो।
त्यसअघि ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गरेका थिए। उहाँले ६४ रनको योगदान गर्नुभयो।
ओपनर अर्जुन साउद ९ रनमा आउट हुनुभयो। कप्तान रोहितकुमार पौडेल १० रन र दीपेन्द्रसिंह ऐरी शून्यमा आउट हुनुभयो। दुवै जना रनआउटको सिकार बन्नुभयो।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको युएई ५० ओभरमा ९ विकेटको क्षतिमा १७६ रन जोड्नुभयो।
३२ ओभर चल्दै गर्दा ९३ रन बनाउँदा ९ विकेट गुमाएको युएईका लगि आयन खानले नटआउट ५४ रन जोडे भने हजरत विलालले २० रन जोड्नुभयो। दुईबीच दशौं विकेटका लागि १७.५ बलमा नटआउट ८३ रनको साझेदारी भयो।
बलिङमा नेपालका गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २—२ विकेट लिनुभयो। सोमपाल कामी र ललितनारायण राजवंशीले १—१ विकेट लिनुभयो।