Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा एक हप्ता हिडेर मतदान केन्द्र पुगे कर्मचारी


1.7K
Shares

गोरखामा एक हप्ता हिडेर मतदान केन्द्र पुगे कर्मचारी

गोरखा, २ मङ्सिर (रासस) । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागी सवै तयारी पुरा भएको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लामा रहेका २ सय २२ मतदान स्थल र ३ सय १७ वटै मतदान केन्द्रहरुमा मतदान अधिकृत सहितका कर्मचारीहरु पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको दुर्गम चुमनुब्री गाउँपालिकामा झण्डै एकसाता हिडेर मतदान अधिकृत, कर्मचारी सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । चुमनुब्री गाउँपालिका वडा नम्बर १ को सामागाउँको साम्दो पुग्न झण्डै एक हप्ता लाग्ने गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । बिकट चुमनुब्री गाउँपालिकामा २२ वटा मतदान केन्द्र रहेका छन् ।

जिल्ला भित्र निर्वाचनलाई निर्वाचन शान्ती पूर्ण रुपमा सम्पन्न गर्न तीनवटा घेरामा सुरक्षा संयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिनुभयो । हरेक मतदान स्थलमा पाँचजना र मतदान केन्द्र दुईवटा भए थप दुईजनाका दरले नेपाल प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । ‘मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ, प्रमुख जिल्ला अधिकारी आर्चायले भन्नुभयो, ‘त्यो भन्दा बाहिरी घेरामा सशस्त्र प्रहरीको टोली रहने छ भने तेस्रो घेरामा नेपाली सेनाको टोली रहनेछ ।’

प्रमुख जिल्ला अधिकारी आर्चायले जिल्ला भित्र निर्वाचन भय रहित, शान्तिपूर्ण र मर्यादित ढंगबाट सम्पन्न गर्नका लागि आबश्यक सवै व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले ७६ ठाउँमा नेपाली सेना र २० ठाउँमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो । आवश्यक परेको खण्डमा १० मिनेट भित्रमा नै पुग्न सक्ने गरी नेपाली सेना र सशस्त्र प्रहरी खटिएको उहाँको भनाई छ । गोरखा जिल्ला अन्र्तगत प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १ लाख १५ हजार ३९७ जना मतदाता रहेका छन् । जसमा ५८ हजार २२ जना महिला र ५७ हजार ३ सय ७५ जना पुरुष छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा १ लाख ५ हजार २४० जना मतदाता रहेका छन् । दुई नम्बर क्षेत्रमा रहेका कुल मतदाता मध्ये ५२ हजार ३ सय ९९ जना पुरुष र ५२ हजार ८ सय १४ जना महिला मतदाता रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गोरखा क्षेत्र नम्बर २ बाट उमेद्वार बन्नु भएकाले पनि यो पटको चुनावमा गोरखाको चर्चामा रहदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology