गोरखा, १ मंसिर । निर्वाचन मुखमै आईपुगेको बेला गोरखाको शहीद लखन गाउँपालिकाका एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । निर्वाचनमा माओवादी केन्द्र सहित बामलोकतान्त्रिक गठबन्धनको उमेद्वारलाई सहयोग गर्रे घोषणा सहित एमालेका १८ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रबेश गर्नेहरुमा राजकुमार थापा मगर, साजन थापा मगर, टाम बहादुर थापा मगर, बिबेक थापा मगर, प्रदिप थापा मगर, ह्याम्सम थापा मगर, पूर्ण बहादुर थापा मगर रहेको गाँउपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो । यस्तै ढिल बहादुर थापा मगर, प्रकाश थापा मगर, बिक्रम थापा मगर, अर्जुन थापा मगर, अरुण थापा मगर,जेन्टल परियार, धुर्ब थापा मगर,अमुल थापा मगर, किरण थापा मगर लगायतका ब्यक्ति पार्टी प्रबेश गरेका हुन् ।
नेकपा माओवादिका केन्दीय सदस्य अमर तमुले एक कार्यक्रमका बिच उहाँहरुलाई माला खादा सहित पार्टी प्रबेश गराउनुभएको हो ।
