Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

निर्वाचन आयोगले घुम्ती टोली परिचालन गर्ने


1.2K
Shares

निर्वाचन आयोगले घुम्ती टोली परिचालन गर्ने

काठमाडौं,१ मंसिर । निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गर्ने भएको छ ।

आयोगको अधिकारसमेत प्रयोग गर्ने गरी सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरी लगायत रहने घुम्ती टोली परिचालन गर्न लागिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताउनुभयो ।

‘आज १ गते राति १२ बजेदेखि ४ गते मतदान नसकिँदा सम्मको समय संवेदनशील मानिन्छ । त्यो बेलामा मतदातालाई प्रभावित पार्ने, रकम बाँड्ने, भोजभतेर गर्ने लगायतका गुनासा यसअघिका मतदानका क्रममा पनि आउने गरेका थिए,’ उहाँले भन्नुभयो, ‘यी विषयमा स्थानीय सुरक्षाकर्मी सहित यहाँबाट पठाएको टोलीले समेत हेर्नेछ, अनुगमन गर्नेछ ।’

उहाँका अनुसार टोलीले स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकार समेत प्रयोग गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology