लमजुङ, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र) का महासचिव देव प्रसाद गुरुङ लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन् ।
को हुन् देव प्रसाद गुरुङ ?
वि.सं.२०१५ साल असोज २२ गते आमा बुद्य ज्ञामु गुरुङ र बाबु धन बहादुर गुरुङको कोखबाट देवप्रसाद गुरुङको जन्म भएको हो।
लमजुङको सुन्दरबजार नगरपालिका-८ बलिथुमका स्थानीय देव गुरुङले यशोदा गुरुङ सुवेदीसँग विवाह गरेका छन् भने उनीहरूका दुई जना छोरा छन्।
स्नातकोत्तरसम्मको अध्ययन गरेका गुरुङ हाल नेकपा (माओवादी केन्द्र) को महासचिव छन्। गुरुङ भाषा, नेपाली र अंग्रेजीको ज्ञान राख्ने गुरुङले नेपालमा वर्ग विश्लेषण, राज्यको पुनर्संरचना, संघीयता र राष्ट्रियता लगायतका पुस्तकहरू प्रकाशित गराएका छन् । गुरुङले अर्थ (राजनीति, संविधान, कानुन, न्याय प्रशासनलगायतका विषयहरूमा विभिन्न लेखहरू प्रकाशित गराएका छन्।
गुरुङले भारत, श्रीलंका, थाइल्यान्ड, हङ्कङ, फिलिपिन्स, जापान, व्रिटेन, फ्रान्स, जर्मनी, स्पेन, स्विट्जरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, अमेरिकालगायतका देशको भ्रमण गरेका छन्
राजकीय जिम्मेवारीः
1. वि.सं. २०६३ साल देखि ०६४ सम्म अन्तरिम व्यवस्थापिका संसद सदस्य
2 वि.सं. २०६४ देखि २०६८ सम्म पहिलो संविधानसभा सदस्य
3 वि.सं. २०६३ चैत्रदेखि २०६५ श्रावणसम्म स्थानीय विकासमन्त्री
4. वि.सं. २०६५ श्रावणदेखि २०६६ असोजसम्म कानून तथा न्यायमन्त्री
5. हाल संघीय प्रतिनिधिसभा सदस्य
संक्षिप्तमा देव प्रसाद गुरुङको राजनीतिक जीवनीः
1 वि.सं. २०३५र३६ सालदेखि विद्यार्थी आन्दोलनमा संगठित तथा पार्टी प्रवेश
2 वि.सं. २०३७ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाविधवेशनमा सदस्यता
3 वि.सं. २०३९ सालमा पार्टीको पाँचौँ महाविधवेशन – ने.क.पा (मशाल) को केन्द्रीय सदस्य तथा वि.सं २०४० मा विद्यार्थी युनियन अनेरास्ववियु ९छैटौँ० को केन्द्रीय अध्यक्ष
4. पञ्चायतविरोधी आन्दोलनमा सहभागी
5. वि.सं. २०४८ सालमा गठित ३ वटा कम्यूनिष्ट घटकको एकीकरण भइ ने.क.पा (एकता केन्द्र) को एकता महाधिवेशनबाट केन्द्रीय सदस्य
6.वि.सं. २०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट ‘एक वाम एक ठाम’ को नारासहित लमजुङ क्षेत्र नं–१ मा उम्मेदवारी
7. वि.सं. २०५१ सालमा सशस्त्र जनयुद्धसम्बन्धी विवाद भइ पार्टी विभाजन हुँदा ने.क.पा (माओवादी_ पक्षमा सक्रिय
8. वि.सं. २०५२ सालमा पार्टीको पोलिटब्युरो सदस्य
9. वि.सं. २०५३–२०५७ सालसम्म ९४ वर्ष जेल जीवन
10. वि.सं. २०६१ सालमा पार्टीको स्थायी कमिटी सदस्य
11. वि.सं. २०६२ सालमा ने.क.पा (माओवादी) को तर्फबाट दोस्रो वार्ता टोलीको सदस्य
12 वि.सं. २०६२ सालमा अन्तरिम विधायिका संसदको सदस्य तथा संसदीय दलको उपनेता
13 वि.सं. २०६४ मा संविधानसभा चुनावमा मनाङ र कास्कीबाट निर्वाचित
14 वि.सं. २०६६–०६८ सम्म पार्टीको संसदीय दलको प्रमुख सचेतक
15 वि.सं. २०६८ मा राष्ट्रिय स्वाधिनताको विषयमा विवाद भई पार्टी विभाजन हुँदा मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी माओवादी पार्टीमा सहभागी
16 वि.सं. २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार
17 वि.सं. २०७२ मा विभिन्न माओवादी घटकहरूबीच एकीकरण भई गठित ने.क.पा (माओवादी केन्द्र_ को केन्द्रीय कार्यालय सदस्य
18 वि.सं. २०७४ सालमा भएको संघीय संसदीय निर्वाचनमा ने.क.पा ( माओवादी केन्द्र) प्रतिनिधिसभा सदस्य–लमजुङबाट निर्वाचित एवम् संघीय संसदीय दलको प्रमुख सचेतक
19 वि.सं. २०७५ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता पश्चात् नेपाल कुम्युनिष्ट पार्टीको स्थायी कमिटी सदस्य एवं पुनः संसदीय दलको मुख्य सचेतक
20 वि.सं. २०७७ फाल्गुन २३ गते सर्वोच्च अदालतको फैसलावाट नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजनपश्चात माओवादी केन्द्रबाट पुनः संसदीय दलको प्रमुख सचेतक
21. वि.सं. २०७९ भादौमा माओवादी केन्द्रको केन्द्रीय महासचिवमा मनोनित