Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखामा डेङ्गु : सङ्क्रमितको संख्या पाचँ सय १० पुग्यो


1.8K
Shares

गोरखामा डेङ्गु : सङ्क्रमितको संख्या पाचँ सय १० पुग्यो

गोरखा, ३० कात्तिक। पछिल्लो समय डेङ्गु महामारीको रुपमा फैेलिरहेको छ । जिल्लामा पनि डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या पाचँ सय १० पुगेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यालयका सूचना अधिकारी नवराज खड्काका अनुसार हालसम्म पाचँसय १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

डेङ्गुका सबैभन्दा बढी संक्रमित गोरखा नगरपालिकामा रहेका छन् । जहाँ एकसय ६८ जनामा डेङ्गु देखिएको खड्काले जानकारी दिनुभयो । यस्तै आरुघाट गाँउपालिकामा एकसय ६४, पालुङ्टार नगरपालिकामा १०५, भिमसेनथापा गाँउपालिकामा ४२ जनामा संक्रमण देखिएको थियो ।

यता शहिदलखन गाँउपालिकामा १३, अजिरकोट गाँउपालिकामा नौँ, गण्डकी गाँउपालिकामा ५ जना र बारपाक सुलिकोट गाँउपालिकामा ४ जनामा डेङ्गु देखिएको उहाँले बताउनुभयो। साउन यता उपचारका लागि आएका मध्ये एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology