Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

‘रामजीबिरुद्ध दामोदरको अनर्गल प्रचार’ हार्ने भएपछि, कू प्रचार सुरु भयो – बराल


2.9K
Shares

‘रामजीबिरुद्ध दामोदरको अनर्गल प्रचार’ हार्ने भएपछि, कू प्रचार सुरु भयो – बराल

पोखरा ३०, कात्तिक । आफ्नो पराजय निश्चित भएपछि, प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार दामोदर बैरागी गठबन्धनका साझा उम्मेद्बार रामजी प्रसाद बराल जिबनको बिरुद्ध अर्नलग प्रचारमा उत्रिएका छन् ।

दामोदर पक्षका कार्यकर्ताहरुले भ्रम छर्नका लागि रामजी बराल कालो सुचीमा परेको भनेर निर्बाचन आयोगको कार्यालयमा बुधबार दिएको उजुरी झुठो सावित भएको हो । कर्जा नतिरेर कालो सुचीमा परेको भन्दै उजुरी गरेकोमा ऋण नतिरेमा कालो सूचिमा राख्ने आधिकारीक संस्था कर्जा सूचना लिमिटेडमा बराल कालो सुचीमा रहेको देखिएको छैन ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट बराल संलग्न पोखरा–९ नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले लिएको रकम तिरेपछि, उक्त बिषयमा कालो सुचीमा राख्न कुनै पत्राचार नगरिएको कोषका कार्यकारी निर्देशक बिश्व अधिकारीले वताए ।

तर कोषले दिएको ५० लाख सहकारीले यसअघि नै चुक्ता गरिसकेको पुष्टि भएको छ । साथै उक्त सहकारी कालोसूचीमा नपरेकोपनि कोषले सूचना जारी गरेर जानकारी गराईसकेको छ । सहकारी नै कालोसूचीमा नपरेपछि बराल कालोसूचीमा पर्ने कुरै भएन । तर एमाले कार्यकर्ताहरुले कालोसूचीमा परेको भन्दै अनर्गल प्रचार गरेपछि उम्मेदवार बरालको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘हुँदै नभएको घटनालाई बढाईचढाई गरेर जनता भ्रमित पार्ने काम भएको छ । यो आपत्तिजनक छ र यसप्रति हामी खेद व्यक्त गर्दछौं ।’

सचिवालयले आगामी दिनमा यस्ता घटना नदोहो¥याउन चेतावनीसमेत दिएको छ । हामी सम्बन्धित पक्षलाई सचेत गराउन चाहन्छौं, ‘सचिवालयले भनेको छ, ‘आगामी दिनमा पनि यस्ता घटना दोहोरिए हामी चुप लागेर बस्दैनौं । ईंटको जवाफ पत्थरले दिने चेतावनी दिन चाहन्छौं ।’

यसैबीच, उम्मेदवार बरालले अनर्गल प्रचार पराजित मानसिकताको उपज भएको टिप्पणी गरेका छन् । घरदैलोको अन्तिम अवस्थामा जनता भ्रमित गर्नेगरी अनर्गल प्रचार गर्नु पराजित मानसिकताको उपज हो, उनले अगाडि भने, ‘कालोसूचीमा परेको भनेर गरिएको प्रचार र उजुरी मिथ्या, कपोलकल्पित र भ्रमपूर्ण तथा पराजित मानसिकताको पराकाष्ठा हो । आईन्दा यस्तो नगर्न म विपक्षीलाई चेतावनी दिन चाहन्छु ।’ उनले विपक्षी उम्मेदवारलाई स्वस्थ प्रतिष्पर्धामा आउनपनि आग्रह गरेका छन् ।

यस्ता भ्रमित र घृणित हर्कतबाट विचलित नभई दृढताका साथ परिवर्तनका संवाहक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न बरालले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology