गोरखा, ३० कात्तिक । मौन अवधी सुरु हुन केही समयमात्र बाँकी रहदा गोरखा जिल्लामा दलहरुले घरदैलो अभियानलाई तिव्र पारेका छन् । दलहरुले समुह समुह बनाएर उमेद्वार मतदाता भेटघाटलाई तिव्रता दिएको बाम–लोकतान्त्रिक गठबन्धन गोरखा क्षेत्र नम्बर १ का उमेद्वारहरुले आज गोरखा नगरपालिकामा घरदैलो अभियान सञ्चालन गरेका छन् । क्षेत्र नम्बर १ मा पर्ने गोरखा नगरपालिकाको वडा नम्बर ६ स्थित मतदाताहरुले घरघरमा पुगेर आफूलाई मतदान गर्न उमेद्वार आग्रह गरेका हुन् ।
मतदाताहरुको घरदैलोमा पुगेर बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेद्वार रहनु भएका प्रतिनिधिसभाका उमेद्वार राजेन्द्र बजगाई, गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उमेद्वार कृष्ण धिताल सहितको टोली घरदैलो अभियानमा पुगेका हुन् । मौन अबधी सुरु हुन करिब २४ घण्टा बाँकी रहेका बेला बामलोकतान्त्रिक गठबन्धनले चुनावी घरदैलो अभियानलाई तिव्र पारेका हुन् । गठबन्धनले समुह समुह निर्माण गरी भोट माग्न टोलटोलमा गठबन्धनका नेता कार्यकर्ता परिचालन गरेको छ ।
बामलोकतान्त्रिक गठबन्धनले गोरखा क्षेत्र नम्बर २ मा पनि घरैदैलो अभियानालाई तिव्र पारेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरीराज अधिकारीले जानकारी दिनुभयो । यस्तै नेकपा एमालेले पनि जिल्लाको दुवै निर्वाचन क्षेत्रमा मतदाता भेटघाट र निर्वाचन अभियानलाई तिव्रता दिएको पार्टीका जिल्ला सचिव काजीराम रोकाले जानकारी दिनुभयो । एमालेले गोरखा क्षेत्र नम्बर १ अन्तगत प्रदेशसभा (क) मा पर्ने नाम्जुङ, क्षेत्र नम्बर १ (ख) आरुपोखरी क्षेत्रमा मतदाता भेटघाट र घरदैलो अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।
त्यस्तै प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ अन्र्तगत पर्ने प्रदेशसभा (क) मा पर्ने गोरखा नगरपालिका वडा नम्बर १३ र १४ तथा २ को (ख)ं मा पर्ने सिरानचोक गाउँपालिकाको हर्मी बयापानी क्षेत्रमा अभियान सञ्चालन गरिरहेको सचिव रोकाले जानकारी दिनुभयो ।भोली राती १२ बजेदेखि निर्वाचनको मौन अबधी सुरु हुने भएकाले पनि उमेद्वार सहित राजनीतिक दलहरु मतदाता भेटाघाटलाई तिव्र पारिरहेका छन् ।