Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रतिगमन कायम रहेसम्म बाम — लोकतान्त्रिक गठबन्धन कायम रहन्छ : अध्यक्ष प्रचण्ड


1.4K
Shares

प्रतिगमन कायम रहेसम्म बाम — लोकतान्त्रिक गठबन्धन कायम रहन्छ : अध्यक्ष प्रचण्ड

गोरखा, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एबम गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिगमन कायम रहेसम्म बाम—लोकतान्त्रिक गठबन्धन कायम रहने बताउनु भएको छ ।
गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उहाँले शान्ति सम्झौताको मुख्य सम्झौताकर्ता कांग्रेस र माओवादी नै भएकाले अब शान्ति, संविधानको रक्षा र आर्थिक क्रान्तिका लागि पनि अहिलेको गठबन्धन नै प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

‘जबसम्म शान्ति र संविधान खतरामा पर्छ त्यति बेलासम्म यो गठबन्धन कायम हुन्छ,’उहाँले भन्नुभयो, ‘पाँच बर्ष मात्र होइन, दस बर्ष, पन्ध्र बर्षसम्म पनि यो गठबन्धन कायम रहन सक्छ।’ उहाँले कांग्रेस र माओवादी मिलेर देशमा शान्ति र संविधान सम्भव भएको भन्दै अब आर्थिक क्रान्ति पनि माओवादी र कांग्रेसकै नेतृत्वमा बनेको गठबन्धनले गर्ने बताउनुभयो ।‘१० बर्षे जनयुद्ध लम्बिदै जाँदा दुबै पक्षको हारजितको अबस्था हुने स्थिती थिएन,’ उहाँले भन्नुभयो, ‘बृहत शान्ती सम्झौता नगरेको भए देशको सार्बभौमसत्ता खतरामा पर्ने अबस्था थियो त्यसलाई बुझेर कांग्रेस र माओवादी मिलेर शान्ती सम्झौता गरेका हौ ।’

उहाँले शान्ति सम्झौता नगरेको भए देशमा हजारौं मानिसको ज्यान जानसक्ने र बिदेशी सेना प्रवेश गर्नसक्ने खतरा देखिएकाले देशको हित र रक्षाका लागि गरिएको शान्ति सम्झौताले देश अहिलेको अबस्थामा आइ पुगेको बताउनुभयो । उहाँले क्रान्तिको नेतृत्व गोरखाबाट नै भएको भन्दै अब राष्ट्रिय एकता र आर्थिक समृद्धिको नेतृत्व पनि गोरखाबाट नै हुने बताउनुभयो ।गोरखामा कृषिमा आधुनिकरण र व्यावसायिकीकरण गर्न सकिने, पर्यटकिय क्षेत्र, औद्योगिक क्षेत्रको रुपमा बिकास गर्न सकिने जिल्ला भएको भन्दै गोरखाबाट आर्थिक समृद्धिको अभियान थालनी गर्न सकिने प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology