Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कांग्रेसले गर्‍यो थप बागी र सहयोगीलाई कारबाही


1.3K
Shares

कांग्रेसले गर्‍यो थप बागी र सहयोगीलाई कारबाही

काठमाडौं,२८कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले मंसिर ४ को चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवार दिएका थप नेताहरूमाथि कारबाही गरेको छ।

कांग्रेसले चुनावी तालमेल गरेका क्षेत्रमा पनि बागी उम्मेदवारी दिएका, तिनका समर्थक र प्रस्तावमाथि कारबाही गरेको छ। कांग्रेसले बागी उम्मेदवार, समर्थक र प्रस्तावकलाई ५ वर्ष पार्टीबाट निकाल्ने निर्णय गरेको छ।

महासमिति सदस्य हुम्लाका मंगलबहादुर शाही, बाराका धर्मेन्द्रप्रसाद यादव, बाराका रवीन्द्रप्रसाद यादव, बाराकै वीरेन्द्रप्रसाद यादव र राम एकवालप्रसाद यादव शिल्पु लाई पार्टीबाट हटाइएको अनुशासन समितिले जनाएको छ। कांग्रेसले यसअघि केन्द्रीय सदस्य दिनेश कोइराला सहित नेताहरूलाई निस्कासन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology