Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


805
Shares

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ कात्तिक ।नेपाली बजारमा केही दिनदेखि लगातार बढेको सुन–चाँदीको भाउ सोमाबार सामान्य घटेको छ।

नेपाली बजारमा सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो।

आइतबार सुन प्रतितोला छ सय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा ५ रुपैयाँ घटेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology