काठमाडौं,२७ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
निर्वाचन आयोगले चुनावका लागि आवश्यक पर्ने भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिदिन भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो ।
सोही परिपत्र अनुसार निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचनाहरुको व्यवस्थापन गरिदिन स्थानीय तहहरुलाई पत्राचार गरिएको सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिनुभयो ।
निर्वाचनका लागि सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य सार्वजनिक स्थान आवश्यक परेको खण्डामा व्यवस्थापन गर्न आयोगले मन्त्रालयसँग आग्रह गरेको थियो ।२–४ मंसिरसम्म भवन तथा परिसर उपलब्ध गराउन स्थानीय तहहरुलाई पत्राचार गरिएको नेपालले बताउनुभयो ।