Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपालले पहिलो पटक महिला यु—१९ क्रिकेट विश्वकप आयोजना गर्ने


1.7K
Shares

नेपालले पहिलो पटक महिला यु—१९ क्रिकेट विश्वकप आयोजना गर्ने

काठमाडौं, २७ कात्तिक । नेपालले पहिलो पटक महिला क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ।

बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू—१९ महिला टी—२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सन् २०२७ मा यू—१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो।

जसमा नेपालले बंगलादेशसँग मिलेर यू—१९ महिला टी२० विश्वकपको आयोजना गर्नुपर्नेछ।

यस्तै २०२४ को यू—१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु — १९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन्।

यस्तै सन् २०२५ को यू—१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु—१९ महिला टी२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन्।

नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो।

गत जेठमा आइसिसी यू—१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो। २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू—१९ महिला टी—२० विश्वकप आयोजना हुन लागेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology