Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


721
Shares

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ कात्तिक । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार तीन रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा छ सय रुपैयाँ बढेको हो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology