Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मंसिर १ देखि ५ गतेसम्म त्रिविका सबै क्याम्पसहरु बिदा हुने


1.8K
Shares

मंसिर १ देखि ५ गतेसम्म त्रिविका सबै क्याम्पसहरु बिदा हुने

काठमाडौं, २५ कात्तिक। त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ ।

अधिकांश क्याम्पसरकार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पसरकार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ ।

महाशाखा प्रमुख योगेन्द्र प्रसाद दाहालले बिदा दिने तोकिएको दिनहरुमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस÷कार्यलयहरुमा विदा दिने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology