Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

न्युयोर्क राज्यसभामा नेपाली मूलकी श्रेष्ठ विजयी


1.1K
Shares

न्युयोर्क राज्यसभामा नेपाली मूलकी श्रेष्ठ विजयी

एजेन्सी, २३ कात्तिक । अमेरिकामा भएको मध्यकालीन निर्वाचन अन्तर्गत न्युयोर्कको राज्यसभामा नेपाली मूलकी अमेरिकी नागरिक विजयी भएकी छिन्।

रिपब्लिकनका उम्मेदवार केभिन चहिललाई पराजित गर्दै सरहाना श्रेष्ठ निर्वाचित भएको द युनियनले जनाएको छ। उनले ७ हजार ७ सय २ मत प्राप्त गरेकी छिन्। १३ पटकसम्म त्यहाँ विजयी भएका केभिन, श्रेष्ठसँग ५ सय २३ मत पछि परेका हुन्।

काठमाडौँमा जन्मिएकी श्रेष्ठ सन् २००१ मा ग्राफिक्स डिजाइन पढ्नका निम्ति न्युयोर्क पुगेकी थिइन्। उनले सन् २०१९ मा अमेरिकी नागरिकता पाएकी थिइन्। उनी जलवायु परिवर्तनबारे वकालत गर्ने अधिकारकर्मी समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology