काठमाडौं, २३ कात्तिक । प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
प्यूठान नगरपालिका ५ खैराबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप गए राति करिब १२ बजेतिर दुर्घटनामा परेको थियो। उनीहरू पूर्णिमा मेला हेर्न जाँदै थिए।
दुर्घटना हुँदा मैयाँ घर्ती, खुमान थापा र जुनकी थापाको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ।
१७ जना सवार जिप अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
जिपका चालक विनोद केएम फरार छन्।