Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

डोटीमा भूकम्प उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन


1.6K
Shares

डोटीमा भूकम्प उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं,२३ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरुलाई बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।

उहाँले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि तत्काल गर्न गृह प्रशासनलाई भन्नुभएको छ । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएको सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाँणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । उहाँले भूकम्पमा परेर प्रभावित भएकाहरुलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पनि भन्नुभएको छ ।

गएराति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology