Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा घर भएका गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आर्चाय बर्खास्त


3.5K
Shares

गोरखा घर भएका गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आर्चाय बर्खास्त

गोरखा, २२ कात्तिक । गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएको छ ।  प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उर्जामन्त्री हरिशरण आर्चायलाई बर्खास्त गर्नुभएको हो । गोरखा–२ घर भएका आचार्यले सत्ता रुढ गठबन्धनका विरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन प्रस्ताव गर्नुभएको थियो । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार ऊर्जामन्त्री आचार्यलाई बर्खास्त गरिएको हो ।

आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको थियो। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी हुनुहुन्थ्यो । तर नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पछि फिर्ता लिएपछि आर्चाय असन्तुष्ट हुनुहुन्थ्यो ।

गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पुर्‍याउन नसकेर सरकार ढलेपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा तत्कालिन जसपाबाट आचार्यले पनि मन्त्री बन्ने मौका पाउनु भएको थियो । सुरुमा अर्थ मन्त्रालय पाउनुपर्ने माग गर्दै मुख्यमन्त्रीसँग विवाद गरेका आचार्यले पछि ऊर्जा मन्त्रालयमा चित्त बुझाउनु भएको थियो । मन्त्री बनेदेखि नै मुख्यमन्त्री पोखरेल आचार्यसँग रुष्ट हुनुहुन्थ्यो भने आचार्यले पनि पत्रकार सम्मेलन गरेरै सरकारको विरोध गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology