Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखामा बाम–लोकतान्त्रिक गठबन्धन सम्बद्ध सयुंक्त विद्यार्थी सङगठनको चुनावी प्रशिक्षण सम्पन्न


1.8K
Shares

गोरखामा बाम–लोकतान्त्रिक गठबन्धन सम्बद्ध सयुंक्त विद्यार्थी सङगठनको चुनावी प्रशिक्षण सम्पन्न

गोरखा, २१ कात्तिक । गोरखा जिल्ला स्थित बाम–लोकतान्त्रिक गठवन्धन सम्वद्ध सयुंक्त विद्यार्थी सङगठनको चुनावी प्रशिक्षण आज सम्पन्न भएको छ । लोकतान्त्रिक बाम गठबन्धन बिद्यार्थी परिचालन समितिको संयोजकत्वमा गोरखा क्याम्पसको सभा हलमा संयुक्त भेला सम्पन्न भएको हो ।

भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पन्चा सिंहले गोरखामा पनि गठन्धनलाई मतदान गर्न युवा विधार्थीहरु आतुर भएको बताउनुभयो । उहाँले गोरखाको भूमिले प्रधानमन्त्री र मुख्यमन्त्री बनाउने गरी गठबन्धनका उमेद्वारहरुलाई अत्यधिक बहुमत दिई जिताएर पठाउनु पर्ने बताउनुभयो । शान्ति र बिद्रोहको झन्डा लिएर अगाडि बढेको माओवादि केन्द्र चुनाबी गठबन्धन गदै गर्दा कुनै दललाई जिताउन नभई देशको मुहार फेर्नका लागि गठबन्धन गरेर चुनावी मैदानमा होमिएको अध्यक्ष सिंहको भनाई छ ।

No description available.

भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको अध्यक्ष नेत्र चापागाईले प्रतिनिधि सभा र प्रदेश सभाको गठबन्धनलाई आगामी मंसिरमा हुने निर्वाचनमा अत्याधिक बहुमतले जिताउन अपिल गर्नुभयो । उहाँले नेपालको संबिधान माथि केही शक्तिले धावा बोलेकाले अहिलेको गठबन्धन बनेको भन्दै अग्रगामी शक्तिलाई बिजयी गराएर प्रतिगामी शक्तिलाई परास्त गर्ने बेला निर्वाचन नै भएको बताउनुभयो । भ्रष्टाचारलाई जरै देखी उखेल्न अहिलेको गठबन्धन एक जुट हुनुुपर्नेमा चापागाईले जोड दिनुभयो ।

No description available.

अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका अध्यक्ष चापागाई, माओबादि केन्द्रका केन्द्रिय सदस्य लेख ब. थापा मगर, नेपाली कांग्रेस महासमिति सदस्य राजनराज पन्त, अखिल क्रान्तिकारीका महासचिव क दिपेश पुन लगायतको सहभागिता रहेको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology