गोरखा, २१ कात्तिक । गोरखा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा (क) का उम्मेद्वार कृष्ण धितालले आगामी निर्वाचनमा आफ्नो जित निश्चित भइसकेको बताउनु भएको छ । चुनावी प्रचारप्रसारका लागि गोरखा नगरपालिका वडा नम्बर १ देखि ८ सम्मका बिभिन्न क्षेत्रमा घरदैलो अभियानमा रहनु भएको उहाँले आफ्नो जीतको पुरै आधार तयार भएको बताउनु भएको हो ।
मतदाता भेटघाट अभियानका क्रममा पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले आगामी निर्वाचनमा गोरखामा काग्रेस र माओबादी केन्द्रको गठबन्धन बनेकाले जित्ने कुरामा पक्का भएको दावी गर्नुभयो । ‘मेरो जीतको आधार पहिलो कुरा काग्रेस र माओबादी केन्द्रको गठबन्धन पनि हो, उहाँले भन्नुभयो, गोरखा जिल्लामा मुख्य प्रतिस्पधी माओबादी र काग्रेस नै हो, यि दुई पार्टी एकल एकल लड्दा त चुनाव जित्ने अबस्था हो भने अहिले त झन काग्रेससंग नै गठबन्धन बनेको छ ।’
प्रदेशसभा आफ्नो निर्वाचन क्षेत्रका हरेक घरमा आफ्नो राजनीतिक सम्बन्ध पनि चुनाव जित्ने अर्को आधार रहेको उहाँले बताउनुभयो । ‘यहाँका प्रायजसो सवै घरमा मैले बसेर भात खाएको छु, उम्मेद्वार धितालले भन्नुभयो, ‘यहाँका हरेक जनतालाई मैले हरेक सुःख दुःखमा साथ दिएको छु ।’ उहाँले भुकम्प कोरोना संक्रमण जस्ता समस्यामा जनताका हरेक अफ्टयारालाई आफुले चिरेको भन्दै जनताले आफ्नो पक्षमा उल्लेख्य मतदान गर्ने बताउनुभयो । निर्वाचन अभियानका क्रममा उमेद्वार धिताल दुई दिनदेखि गोरखा नगरपालिकाको बिभिन्न वडामा जभेटघाटमा व्यस्त हुनुहुन्छ ।