गोरखा, २१ कात्तिक । अखिल नेपाल महिला संघ शहिद लखन गाउँपालिकाको गाउँकमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन भएको छ । संघले चुनाव केन्द्रित प्रशिक्षण तथा भेला सम्पन्न गरेको हो ।
प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटी सदस्य, सङ्गठन बिभाग केन्द्रीय सचिव, जिल्ला सह ईन्चार्ज तथा अनेमसंघ केन्द्रीय सचिवालय सदस्य सम्झना देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका भित्रका महिला अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।