ओखलढुंगा, २० कात्तिक । १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका ८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठ रहेका छन् ।
बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।