Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

प्रचण्डको निर्वाचन क्षेत्र गोरखा-२ मा तोकियो युवा परिचालनको कमाण्ड


2.4K
Shares

प्रचण्डको निर्वाचन क्षेत्र गोरखा-२ मा तोकियो युवा परिचालनको कमाण्ड

गोरखा, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निर्वाचन क्षेत्र गोरखा २ मा वाइसिएलको कमाण्डर र सहकमाण्डर तोकिएको छ ।

नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय गोरखामा शनिबार वाईसीएल नेपाल गोरखाको बिस्तारित बैठकबाट अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा युवा परिचालनका लागि कमाण्डरमा वाइसिएलका केन्द्रीय सचिव सुदिप नगरकोटी र सहकमाण्डरको जिम्मेवारी केन्द्रीय सदस्य धिरज उपरकोटीलाई दिइएको हो ।

वाईसीएल नेपाल केन्द्रीय अध्यक्ष सुबोध श्रिपाली सहित वाईसीएल केन्द्रीय हेडक्वाटरको उपस्थितिमा पार्टी केन्द्रीय पोलिटब्युरो सदस्य तथा अहिले गोरखा जिल्लाका निर्वाचन परिचालन समितिका कमाण्डर हरिराज अधिकारी सहितको बैठकले यस्तो निर्णय गरिएको हो । नगरकोटी वाईसीएल नेपाल गोरखाको पूवईन्चार्ज पनि हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology