Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

निर्वाचनमा ४७ संस्थालाई पर्यवेक्षण गर्न अनुमति


1.5K
Shares

निर्वाचनमा ४७ संस्थालाई पर्यवेक्षण गर्न अनुमति

काठमाडौं, १९ कात्तिक । मंसिर ४ गते हुने निर्वाचनमा ४७ संस्थाले पर्यवेक्षण गर्ने भएको छ।

निर्वाचन आयोगले संघ र प्रदेशको चुनावको लागि ४७ पर्यवेक्षण खटाउन अनुमति दिएको हो।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए।

यी संस्थाबाट देशभर करिब १० हजार पर्यवेक्षक खटिने उनले जानकारी दिए।

निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने पनि उनले बताए।रासस

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology