गोरखा, १८ कात्तिक । बामलोकतान्त्रिक गठबन्धनले गोरखा जिल्ला भित्र चुनाव प्रचार–प्रसारलाई तिव्र पारेको छ । चुनावी गठबन्धनले गोरखा जिल्लाका बिभिन्न ५ ठाउँमा आज चुनावी कोणसभा सम्पन्न गरेको हो ।
गोरखा क्षेत्र नम्बर २ अन्र्तगत पर्ने गोरखा नगरपालिका भित्रका बिभिन्न वडामा आज चुनावी कोणसभा सम्पन्न गरेको नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हरीराज अधिकारी (कुमार) ले जानकारी दिनुभयो । बामलोकतान्त्रिक गठबन्धनले गोरखा नगरपालिका वडा नम्बर १४ को याङकोट, वडा नम्बर १० को रानीटार, वडा नम्बर ११ को छेवेटार, वडा नम्बर ८ को आहाले र वडान नम्बर ६ को ठूलो आँगनमा कोणसभा सम्पन्न गरेको उहाँले बताउनुभयो ।
कोणसभामा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उमेद्वार पुष्पकमल दाहाल (प्रचण्ड), क्षेत्र नम्बर २ (क) का उमेद्वार फडिन्द्र देवकोटा, (ख) का उमेद्वार सुरेन्द्रराज पाण्डे लगायतले सम्बोधन गर्नुभएको थियो । त्यस्तै गोरखा नगरपालिका ६ स्थित ठूलो आगानमा भएको कोणसभालाई गोरखा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा (क) का उमेद्वार कृष्ण धिताल (बिजय) ले पनि सम्बोधन गर्नुभएको थियो ।