गोरखा, १८ कातिक । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अध्यक्ष एबम गोरखा क्षेत्र नम्बर२ का प्रतिनिधि सभाका उमेदवार पुस्पकमल दाहाल प्रचण्डले गोरखाबाट जित्ने मात्र नभएर बिजयको नयाँ रेकर्ड कायम गर्नुपर्ने बताउनु भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर १०, स्थित रानीटारमा आज आयोजित बामगठबन्धनको सयुत्त चुनावी जनसभा तथा कोणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
गोरखा जिल्लामा कांग्रेस र माओवादी केन्द्र मिले जितिन्छ भन्ने चर्चा छ, उहाँले भन्नुभयो, ञगोरखाबाट जित्ने मात्रै होइन, हामी यहाँबाट बिश्वमा जीतको नयाँ रेकर्ड कायम गर्ने पनि हो ।
अध्यक्ष प्रचण्डले बाम(लोकतान्त्रिक गठबन्धन १२ बुदे सम्झौता र बिस्तृत शान्ति सम्झौताको पक्षघर गठबन्धन भएको बताउनुभयो । उहाँले आफू रास्ट्रलाई एकताबद्द गर्न हिमालदेखि पहाडसम्म निर्वाचन लड्दै आएको बताउनुभयो ।
चुनाव जित्न नभई रास्ट्रलाई एकता गर्न, जनतालाई एकताबद्ध गर्न गोरखा आएको हुँ, उहाँले भन्नुभयो, त्यसले त रोल्पा, सिराहा काठमाडौ चितवन हुँदै अहिले गोरखाबाट चुनाव लड्दैछु ।
अध्यक्ष प्रचण्डले सुशासन र समृद्धि बिना राजनीति क्रान्ती दिगो हुन नसक्नेमा जोडदिनुभयो । जनयुद्ध जनआन्दोलनमा गोरखाको अतुलनिय योगदान रहेको भन्दै गोरखाबाट आर्थिक क्रान्तिको नमुना बानउने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनले जनतामा बिकास र समृद्धिको एजेन्डा लिएर चुनावमा होमिएको पनि बताउनुभयो ।