Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखामा आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र आइपुग्यो


1.5K
Shares

गोरखामा आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र आइपुग्यो

गोरखा, १७ कात्तिक । गोरखामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लाका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि पठाएको प्रत्यक्षतर्फको मतपत्र आज आइपुगेको हो ।

निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधिसभाका लागि १ लाख २७ हजार र क्षेत्र नम्वर २ मा १ लाख १६ हजार थान मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो ।

यस्तै निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश (क) का लागि ६७ हजार र (ख) का लागि ६१ हजार थान मतपत्र आइपुगेको छ । क्षेत्र नम्वर २ को प्रदेश (क) का लागि ५६ हजार र प्रदेश (ख) का लागि ६१ हजार थान मतपत्र आएको सुवेदीले बताउनुभयो ।

आयोगले कुल मतदाता संख्या भन्दा १० प्रतिशत थप मतपत्र पठाएको हो । समानुपातिकतर्फको मतपत्र भने गत कात्तिक ६ गते जिल्लामा आइसकेको छ । मतपत्र सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ ।

अब मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण गरि मतपत्र र अन्य निर्वाचन सामग्री सहित तोकिएको मतदान केन्द्रमा पठाइनेछ । मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि कात्तिक २३ देखि २६ गतेभित्र अभिमुखीकरण गरिसक्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology