विराटनगर, १७ कात्तिक, । विराटनगरमा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिक १२ की नाबालिकालाई करणी गरेको आरोपमा सोही वडाका ३८ वर्षीय साजन कामतलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् । कार्तिक ११ गते दिउँसो घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले बताएको छ।पीडित बालिकाको बावु ज्याला मजदुरी काम गर्छन् ।
आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन्ना, बालिकाले छिमेकीलाई सुनाएपछि कार्तिक १४ गते प्रहरीसम्म पुगेको थियो । जाहेरीपछि आरोपीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।