Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

माओवादी केन्द्रले ल्यायो ‘भोट फर प्रचण्ड’ भन्दै र्‍याप गीत


2.3K
Shares

माओवादी केन्द्रले ल्यायो ‘भोट फर प्रचण्ड’ भन्दै र्‍याप गीत

काठमाडौं, १६ कात्तिक । युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्‍याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्‍याप गीत ल्याएको हो ।

जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतमा प्रस्तुत गरिएको छ ।

माओवादी केन्द्रको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको गीत रिलिजअघि माओवादी नेताहरुले यसबारे सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका थिए ।

‘नयाँ शैली, नयाँ प्रस्तुति स् नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भन्दै गीत सार्वजनिक गरिएको हो । यसअघि चुनाव र राजनीतिक आन्दोलनमा जनवादी गीत मात्रै रिलिज गर्ने आमचलन थियो ।

तर क्रमशः राजनीतिक संगीतमा पनि नयाँपुस्तालाई लक्षित गर्दै अलग जनराको अभ्यास हुन थालेको छ । सोहीअनुसार र्‍याप गीत ल्याइएको माओवादी केन्द्रले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology