Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु


2.4K
Shares

चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

तनहुँ, १६ कात्तिक । तनहुँमा चितुवाको आक्रमणबाट मंगलबार साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ।

व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो।

घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैंसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ।

गोठदेखि करिब एक सय मिटर तल लगेपछि मानिसले हल्लीखल्ली गरेपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरी र वनका कर्मचारी लगायतको टोली घटनास्थलमा पुगेर घटनास्थलको मुचुल्का उठाएर शव दमौली अस्पतालमा ल्याउने तयारी भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

तनहुँमा चितुवाको आक्रमणबाट एक दर्जन बढी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology