Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

छठ हेर्न गएका १४ वर्षीय बालकको छुरा प्रहार गरी हत्या


1.5K
Shares

छठ हेर्न गएका १४ वर्षीय बालकको छुरा प्रहार गरी हत्या

विराटनगर, १४ कात्तिक। मोरङको उर्लाबारीमा छठ पूजा हेर्न गएका झापाका बालकको छुरा प्रहारबाट हत्या भएको छ ।

मोरङ र झापाको सीमाना भएर बग्ने मावा खोलामा आयोजित छठ मेलामा आएका १४ वर्षीय दियुस श्रेष्ठको छुरा प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

एसपी कोइरालाका अनुसार उर्लाबारी नगरपालिका—७ मावा खोलाको किनारमा आयोजित छठ पूजाको मेला स्थलमा झापाको दमक नगरपालिका—१० का १४ वर्षीय श्रेष्ठमाथि छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि उर्लाबारीको गोदाबारी अस्पताल हुँदै विर्तामोडको बिएण्ड सी अस्पताल पुर्‍याइएको थियो । बीएण्डसीमा उपचारका क्रममा सोमबार विहान उनको मृत्यु भएको हो ।

घटनाको अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको छ भने घटनामा संलग्न अन्यको खोजी भइरहेको जनाएको छ ।

मावा खोलामा किनारमा आइतबार राति १०ः२५ बजे उनीमाथि छुरा प्रहार भएको थियो । पुरानो रिसिईबीका कारण हत्या भएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।

प्रहरीका अनुसार छुरा प्रहारबाट बालकको बायाँ कोखामा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology