Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

एकैदिन प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य


1.2K
Shares

एकैदिन प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, १३ कात्तिक । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन अर्थात् कात्तिक ७ गते सुनको मूल्य स्थिर रहेको थियो। तिहारको बिदापछि खुलेको बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology