Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नदीमा डुबेर दुई किशोरी बेपत्ता


1.6K
Shares

नदीमा डुबेर दुई किशोरी बेपत्ता

दाङ, ५ कात्तिक । दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । शनिबार तुलसीपुर उपमहानगरपालिका ११ र दंगीशरण गाउँपालिका २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा दंगीशरण २ सिमलकुनाकी १५ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामाघरमा आएकी १४ वर्षीया गोमा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

अहिले प्रहरी र स्थानीयहरूको संयुक्त टोलीले बेपत्ता दुवै किशोरीको खोजी गरिरहेको तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology