Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भिरबाट लडेर एक जनाको मृत्यु


1.4K
Shares

भिरबाट लडेर एक जनाको मृत्यु

रासस, ३ कात्तिक । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।

उक्त नगरपालिकाको धारापानीस्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टेसालको भिरबाट लडेर उनको मृत्यु भएको हो।

गमाल बाटोबाट झण्डै ८० मिटर तल खसेको घटनास्थलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।

घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसान्धानअनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा उनी र उनका दाजु भत्ता बुझेपछि हिँड्दै घर फर्किएका थिए। गएराति गमाल भिरबाट लडेको अवस्थामा स्थानीयवासीले देखेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology