Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नवौ राष्ट्रिय खेलकुद: गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मीकी लोहनीद्धारा स्वर्णमा ह्याट्रिक


2.1K
Shares

नवौ राष्ट्रिय खेलकुद: गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मीकी लोहनीद्धारा स्वर्णमा ह्याट्रिक

गोरखा,  ३ कात्तिक (रासस) । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा सुरु भएको बुद्धिचाल प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगिता अन्र्तगत बिभिन्न ६ बिधामा भएको खेलमा नेपाल आर्मी क्बलले बर्चस्व कायम गरेको छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले ३ स्वर्ण जितेर एकैसिजनमा नयाँ रेकर्ड कायम समेत गर्नुभएको छ । । प्रतियोगिता अन्र्तगत महिला तर्फको क्लासिकल, बिल्च र ¥यापिड चरणको तिनै वटै इभेन्टमा लोहनीले स्वर्ण जित्दै ह्याट्रिक गर्न सफल हुनुभएको हो । लोहनीले ३ इभेन्टका २७ खेलमा सवैमा जित निकाल्नु भएको थियो ।

प्रतियोगिता अन्र्तगत महिला क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्बलकै सिन्दिरा जोशीले ७ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै रजत पदक जित्न सफल हुनुभएको छ । त्यस्तै प्रदेश नम्बर १ की खुस्वु थापाले ६ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै कास्य पदक प्राप्त गर्न सफल हुनुभएको आयोजकले जनाएको छ । प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवालले स्वर्ण पदक हात पारेका छन् ।

खुल्ला बिल्चमा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले दोस्रो हुदै रजत पदक प्राप्त गर्नुभएको छ भने त्रिभुवन आर्मी क्बलकै सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जित्नु भएको छ । प्रतियोगिताको महिला तर्फको बिल्च इभेन्टमा त्रिभुवन आर्मी क्बलकी लोहनीले स्वर्ण जित्न सफल हुनभएको हो । त्यस्तै नेपाल पुलिस क्लबकी पूर्णिमा गुरुङले रजत पदक जित्नु भएको छ । त्यस्तै महिला बिल्चमा त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले कास्य पदक हात पार्न सफल सफल हुनुभएको छ ।

त्यस्तै महिला ¥यापिड चरणको खेलमा त्रिभुवन आर्मी क्लबकी लोहनीले स्वर्ण, प्रदेश नम्बर १ की कृतिसारा अधिकारीले रजत र गण्डकी प्रदेशकी पुजा भण्डारीले कास्य पदक जित्नु भएको हो । खुल्ला ¥यापिड चरणमा त्रिभुवन आर्मीका रुपेश जैसवालले स्वर्ण, त्रिभुवन आर्मी क्लकै मिलन लामाले रजत र नेपाल पुलिस क्लबका सुबिर लामाले कास्य पदक जित्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology