Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सरकारले शताब्दी पुरुष सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा दिने


2.2K
Shares

सरकारले शताब्दी पुरुष सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा दिने

काठमाडौं, ३० असोज। शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताउनुभयो । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुग्नु भएका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन विदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको जानकारी गराउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology