Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नवौं राष्ट्रिय खेलकुद प्रतियिोगिताः लुम्बिनीलाई ९७ रनले हराउँदै पुलिस सेमिफाइनलमा


1.7K
Shares

नवौं राष्ट्रिय खेलकुद प्रतियिोगिताः लुम्बिनीलाई ९७ रनले हराउँदै पुलिस सेमिफाइनलमा

पोखरा, २८ असोज। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियिोगितामा लुम्बिनी प्रदेशमाथि ९७ रनको फराकिलो जित हात पार्दै पुलिस सेमिफाइनल प्रवेश गरेको छ ।

पुलिस लगातार तीन खेलमा तीन जित हात पारेर ६ अंकका साथ समूह बी को शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो ।

पोखरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रनको बलियो लक्ष्य पेस गरेको थियो । पुलिसको लागि तल्लोक्रमकी कविता जोशीले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४८ रनमा अविजित रहनुभयो ।

१४ ओभरमा ४ विकेट गुमाउँदै मात्र ५० रन बनाएको पुलिसका लागि कविताले आक्रामक इनिङ खेल्दै ६ ओभरमा ६२ रन बनाएको हो ।

लुम्बिनीका लागि सुस्मिता भुषाल र मनिषा रानाले समान २ विकेट लिनुभयो । कमला जिएम र मधु डिसीले १÷१ विकेट लिनुभयो ।

पुलिसले दिएको बलियो लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा १५ रनमै अल आउट भयो । लुम्बिनीको लागि कप्तान सरस्वती घर्तीमगरले १३ बलमा १ चौकासहित सर्वाधिक ६ रन बनाउनुभयो । आश्मा पुलामी मगरले ३१ बलमा एक चौकासहित ५ रन बनाउनुभयो ।

लुम्बिनीका ७ खेलाडीले खाता नै खेल्न नसकी आउट भए । कमला घर्ती मगर, नितु भण्डारी, मधु डिसी, सुस्मिता भुसाल, सुस्मिता बजागाईं, मनिषा राना र शर्मिला रोकाले खाता खोल्न सकेन्न्।

पुलिसको लागि ईश्वरी विष्टले ४ ओभरमा २ रन खर्चेर ४ विकेट लिनुभयो । हिरन्मई रायले २ ओभरमा ५ रन खर्चेर २ विकेट लिनुभयो । रुविना क्षेत्रीले १.५ ओभरमा १ रन खर्चेर २ विकेट र सबनम राइले एक विकेट लिनुभयो।

पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रोमा प्रदेश १ र तेस्रो खेलमा लुम्बिनीमाथि फराकिलो जित अन्तर निकालेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology