Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अमेरिकी डलरको मूल्य पुनः बढेर बनायो नयाँ रेकर्ड


1.9K
Shares

अमेरिकी डलरको मूल्य पुनः बढेर बनायो नयाँ रेकर्ड

काठमाडौं, २८ असोज। अमेरिकी डलरको मूल्य पुनः बढेर नयाँ रेकर्ड बनाएको छ । राष्ट्र बैंकले २८ असोज शुक्रबारको लागि १ अमेरिकी डलरको विनिमय दर (बिक्री मूल्य) १३२ रुपैयाँ ६ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा तोकेको छ।

भारतीय मुद्रा डलरको तुलनामा पाँच पैसाले थप सस्तो भएपछि नेपाली मुद्रा पनि सस्तिएको हो। बिहीबार साझ प्रतिडलर ८२.३८ भारुमा कारोबार भएर भारतीय एक्सचेन्ज बन्द भएका थिए।

यता चीनियाँ मुद्रा डलरको तुलनामा एक वर्षयताकै सस्तो भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। हाल एक चाइनिज युआन बराबर ०.१४ डलर विनिमय दर कायम छ। एक चाइनिज युआनको लागि भने नेपालीहरुले १८.३७ रूपैयाँ खर्चिनु परिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology