हेटौंडा, २७ असोज। अरिंगालले चिलेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।
पारिबजार नजिकै कापडाडा जंगलमा गोरु चराउन गएका भीमफेदी गाउँपालिका–६ मा ६२ वर्षीय कृष्णबहादुर स्याङ्तानलाई बुधबार कालो अरिंगालले चिलेको थियो ।
उहाँको चितवनको बकुलहर अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।