Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बोर्लाङमा भएको भलिवल प्रतियोगितामा झण्डै साढे १६ लाख रुपैया खर्च, एकलाख ५८ हजार अपुग


5.1K
Shares

बोर्लाङमा भएको भलिवल प्रतियोगितामा झण्डै साढे १६ लाख रुपैया खर्च, एकलाख ५८ हजार अपुग

गोरखा, २६ असोज । बोर्लाङ खेलकुद बिकास समितिले यहीँ असोज १२ गतेदेखि १६ गतेसम्म आयोजना गरेको गण्डकी प्रदेश स्तरीय अन्तरजिल्ला खेलकुद प्रतियोगिता सम्पन्न गर्न १६ लाख ३८ हजार ६२० रुपैया खर्च भएको छ । समितिले आज गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता भएको खर्च बिबरण सार्वजनिक गरेको हो । प्रतियोगितामा पुरस्कार, अफिसियल खर्च, मेस लगायतको शिर्षकमा खर्च भएको समितिका अध्यक्ष निराजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश अन्तरजिल्ला पुरुष भलिवल, महिला भलिवल र भीमसेन थापा गाउँपालिका भित्रका वडास्तरीय पुरुष भेट्रान्स् प्रतियोगिताको पुरस्कार बापत ४ लाख ६२ हजार २ सय रुपैया खर्च भएको बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि भीमसेन थापा गाउँपालिकाले ३ लाख रुपैया, भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ ले २ लाख ५० हजार, वडा नम्बर ८ ले ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै बिदेशमा रहेका तथा स्वदेशमा रहेका खेलप्रेमी र शुभचिन्तकहरुबाट ८ लाख ४५ हजार ९ सय २० रुपैया आर्थिक संकलन भएको बताउनुभयो । बिशेषगरी गोरखा समाज मेरिल्याण्ड, ग्लोबल गोरखा समाज, कतारमा रहेका गाउँपालिकाबासीहरुले प्रयोगिता सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेका थिए । प्रतियोगिता सञ्चालनका लागि लागि कुल अहिलेसम्म १३ लाख ४५ हजार ९२० रुपैया संकलन भएको र प्रतिबद्धता जनाएका मध्ये १ लाख ३४ हजार ३४४ रुपैया उठ्न बाँकी रहेको समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

उठ्न बाँकी रकम बाहेक कार्यक्रम सम्पन्न गर्दा १ लाख ५८ हजार ३५६ रुपैया रकम अपुग रहेको उहाँले बताउनुभयो । अपुग आउदोँ तिहार देउसी भैलो कार्यक्रम गरेर परिपूर्ति गर्ने योजना खेलकुद बिकास समितिले रहेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्नु हुदै भीमसेन थापा गाउँपलिकाका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले बोर्लाङ खेलकुद बिकास समितिले सहयोग रकम संकलन गरेर भएपनि प्रदेश भित्रका जिल्ला स्तरीय भलिवल प्रतियोगिताको भव्य आयोजना गर्न सफल भएको भन्दै समितिको प्रसंसा गर्नुभयो ।

उहाँले प्रतियोेगिताले गाउँपालिकाको मात्र नभएर प्रदेशको भलिबल खेल क्षेत्रमा नयाँ इट्टा थप्न सफल भएको बताउनुभयो । पत्रकार सम्मेलनमा भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठ, वडा नम्बर ८ का वडाध्क्ष बिष्णुकमार श्रेष्ठ, समाजसेबी बुद्धि श्रेष्ठ लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology