Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

युक्रेनको राजधानीमा रुसको मिसाइल आक्रमण


2.1K
Shares

युक्रेनको राजधानीमा रुसको मिसाइल आक्रमण

काठमाडौं, २४ असोज। रुसले बिहानैदेखि युक्रेनको राजधानी किभमा कैयौँ हवाई आक्रमण गरेको छ । किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि आक्रमणको चपेटामा परेका बीबीसीले जनाएको छ ।

युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल प्रहार गरेको दाबी गरेका छन् । जनरल भ्यालेरी जालुज्नीले ट्वीट गर्दै ७५ मध्ये ४१ क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको बताए पनि यसको स्वतन्त्रपूर्वक पुष्टि भइनसकेको बीबीसीले जनाएको छ ।
उक्त हमलामा परी ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । रुसले किभका महत्वपूर्ण भवनहरूलाई निशाना बनाएको किभका मेयरले दाबी गरेका छन् ।
युक्रेनका एक मन्त्रीले सामाजिक सञ्जालमा आक्रमणमा परी ६ वटा कारमा आगो लागेको र अन्य १५ सवारी साधनमा क्षति पुगेको जानकारी दिएका छन् । गएरातिदेखि रुसले युक्रेनको दक्षिणी क्षेत्रलाई आक्रमणको निशाना बनाइरहेको छ ।

आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राम पोस्टमा लेखेका छन्, ‘रुसले हामीलाई नष्ट गर्न चाहन्छ, हामीलाई पृथ्वीबाट मेटाउन चाहन्छ। युक्रेनभरि यसको घन्टी बजिरहेको छ ।’

किभलगायत अन्य सहरमा भएका आक्रमणमा जनधनको क्षति भएकोले उनले आफ्ना नागरिकलाई बंकरमा बस्न अपिल गरेका छन् ।

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले दुश्मन मिसाइलले राजधानीमा प्रहार गरे पनि युक्रेनको साहस तोड्न नसक्ने बताएका छन् । रुसले युक्रेनमा भएको आक्रमणबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

यसैबीच रुसी हमलामा पनि किभको एक प्रसिद्ध पुल ध्वस्त भएको छ । रुसी मिसाइल आक्रमणमा किभमा रहेको पैदल यात्रु हिड्ने पुल नराम्ररी क्षतिग्रस्त भएको छ । मानिसहरूले साइकल चलाउनको लागि उक्त पुल प्रयोग गर्थे जुन सन् २०१९ मा निर्माण गरिएको हो ।

नीपर नदीको किनारमा बनेको यो पुल पर्यटकका लागि ठूलो आकर्षणको केन्द्र बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology