Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पहिरोले घर भत्किँदा चार जनाको मृत्यु


1.5K
Shares

पहिरोले घर भत्किँदा चार जनाको मृत्यु

काठमाडौं, २४ असोज । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर भत्किँदा चार जनाको मृत्यु भएको छ।

मेल्डाम डुमबाडा बस्ने मनबिर विकको घर माथिबाट आएको पहिरोले घर भत्काउँदा घरमा भएका ९ जनाको परिवारमध्ये चार जनाको मृत्यु भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बेलुका ७ बजेतिर आएको पहिरोमा बिकको घर भत्किएको हो।

मृत्यु हुनेमा ६० वर्षीया तुलसा कामी, ७ वर्षीया बालिका बसन्ता कामी, ९ वर्षीया बालिका सुस्मिता कामी र १२ वर्षीया बालिका हैजाली कामी छन्।

सोही घरमा रहेका ३८ वर्षीय देउच्म कामी, ३६ वर्षीया औगाती कामी, १२ वर्षीया निरुता कामी, १४ वर्षीया मनिका कामी र ३ वर्षीय तपेन्द्र कामी घाइते भएका छन्।

३६ वर्षीया औगती कामीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा ७ जना प्रहरी खटिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology