काठमाडौं, २३ असोज । रामेछापको भिरपानीमा बस दुर्घटना भएको छ।
रामेछापबाट काठामाडौं आउँदै गरेको बा ३ ख ४०४८ नंको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
घाइते सबैलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिनुभयो।
१२ जना मध्ये एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।