काठमाडौं, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्दै चितवनबाट नफर्कने गरी त्यहाँ ओर्लिएको बताृनु भएको छ । मनोनयन दर्तापछि लामिछानेले फेसबुकमा लेखेका छन्, ‘यसपटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर ।’
लामिछाने एमालेका कृष्णभक्त पोखरेल र सत्तारुढ गठबन्धनका उमेश श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।