Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा दरबारमा विधिपूर्वक फुलपाती भित्राईयो


1.6K
Shares

गोरखा दरबारमा विधिपूर्वक फुलपाती भित्राईयो

गोरखा, १६ असोज ।  गोरखा दरबारमा फुलपाती भित्राउने काम सम्पन्न भएको छ । गोरखा दरबारको दशैं घरमा फुलपाती भित्राउने काम सम्पन्न भएको गोरखा दरर्बार हेरचाह अडले जनाएको छ ।

आजै गोरखा दरर्बारको दशैं घरबाट काठमाण्डौंको हनुमानढोका दरबारका लागी बिहानीको साईतमा फूलपाती पठाइएको हेरचाह अडले जानकारी दिएको छ ।कोरोना संक्रमणका कारण गत बर्ष सामान्य रुपमा फुलपाती भित्राईएको भएता पनि यो बर्ष भने बाजागाजा सहित डोली फुलपाती भित्राईएको हो ।

सांस्कृतीक विधिपूर्वक पूजाअर्चना गरि दरबारका सुसारेहरुले आजै शुभसाइतमा फूलपाती सहितको डोली गोरखा दरबारको दशैं घरमा भित्राएको हो ।गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका र गोरखा दरबार भित्राएपछि मात्र आज देशै भरी फूलपाती भित्र्याउने प्रचलन रहदै आएको छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले काठमाण्डौको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी वडादशैको फुलपातीका दिन गोरखा दरबारको दशैघरबाट फूलपाती सहितको डोली काठमाण्डौको हनुमानढोका दरबार पुरयाउने प्रचलन रहदै आएको छ ।

बिधि पूर्वक गोरखा दरबारस्थित दशैं घरबाट निस्किएको लावा लस्करले सतिपिपल चौतारामा राखिएको फुलपाती गोरखा दरबार भित्राईएको हेरचाह अडले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology