Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर २७ बाँदर मरे


1.3K
Shares

सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर २७ बाँदर मरे

काठमाडौं, १६ असोज । अर्घाखाँचीमा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर २७ बाँदर मरेका छन्।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ९ स्थित नौलापानी जंगलमा सिँचाइको लागि बनाइएको पोखरीमा परेर २७ वटा बाँदर मरेको जिल्ला वन कार्यालय अर्घाखाँचीले जनाएको छ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका फरेस्टर दिपक पाण्डेले बाँदर पानी खान पोखरीमा गएको बेला पोखरी ठूलो भएको कारण डुबेर मृत्यु भएको हुनसक्ने बताउनुभयो।

जंगल गएका स्थानीयले पोखरीमा बाँदर डुबेको भेटेपछि वन कार्यालयलाई जानकारी गराएका थिए ।

डुबेर मरेका बाँदरलाई प्रहरी, जनप्रतिनिधि र जिल्ला वन कार्यालयका कर्मचारीको रोहबरमा खाडल खनेर पुरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology