काठमाडौं, १३ असोज। अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित हुनु भएकी छन् ।
मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गर्नु भएको हो।
गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार हुनु हुन्थ्यो। तर उहाँ कुन्तीकुमारी शाहीसँग पराजित हुनु भएको थियो ।
पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको थियो।